
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – आँखुखोला जलविद्युत कम्पनीको आइपीओ भर्न अब ४ दिन मात्र समय बाँकी रहेको छ । आँखुखोलाले आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई आइपीओ बिक्री खुला गरेको हो । यसमा साउन ३१ गतेसम्म आवेदन दिन पाइन्छ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भदौ १५ गतेसम्म भर्न सकिन्छ ।
कम्पनीले पहिलो चरणमा धादिङबासीलाई ८ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । स्थानीयलाई बेचेपछि सर्वसाधारणमा खुला हुनेछ । यो आइपीओ न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार कित्तासम्म भर्न सकिनेछ ।
लगानीकर्ताले धादिङ जिल्लामा रहेका मुक्तिनाथ विकास बैंक, सिभिल बैंक र प्रभु बैंकका शाखाबाट आइपीओ भर्न सक्नेछन् । यसैगरी, आँखुखोलाको आयोजना स्थलमा रहेको कार्यालयबाट पनि आइपीओ भर्न पाउने व्यवस्था गरिएको छ । यो आइपीओको बिक्री प्रबन्धक सिभिल क्यापिटल हो ।
धितोपत्र बोर्डबाट अनुमति पाउन पनि धेरै समय लगाएको आँखुखोला विभिन्न विवादमा पर्दै आएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पनि आँखुखोलाको आइपीओलाई कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ दिएको छ । कम्पनीले जारी पुँजी ८० करोडको १०% सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।
हाल यो कम्पनीले ८.४ मेगावाटको आँखुखोल–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यता, गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले १ करोड ५४ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७।७८ सम्म खुद नाफा ३ करोड ३६ लाख ५ हजार पुर्याउने प्रक्षेपण गरेको छ । यो अवधिमा प्रतिसेयर आम्दानी ४ रुपैयाँ २० पैसा पुर्याउने भनिएको छ । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल लिमिटेडले गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्