
काठमाडौं – सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइबापतको रकम उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको सरसफाइ गरेवापत धुर्मस-सुन्तली फाउण्डेशनलाई ६९ साल ८६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । गत साउन ११ गते बसेको मन्त्रिपरिषद्को वैठकले धुर्मुस- सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइ गरेवापतको रकम उपलब्ध गराउन निर्णय दिएपछि मन्त्रालयले उक्त रकम उपलब्ध गराउन वीरलाई निर्देशनसमेत दिएको छ ।
‘वीर अस्पतालको सरसफाइ गर्ने क्रममा धुर्मुस -सुन्तली फाण्डेशनलाई रकम अभाव भएपछि स्वास्थ्य मन्त्रालयले उक्त रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । जस अनुसार कुल एक करोड नौ लाख रुपैयाँ खर्च भएकोमा मन्त्रालयले हाललाई ६९ करोड ८६ लाख रुपैयाँ दिने निर्णय गरेको हो’, स्वास्थ्य मन्त्रालय, निति, योजना तथा कार्यान्वयन महाशाखा प्रमुख डा. विकास देवकोटाले भने ।
मन्त्रालयसँग उक्त रकम नभएका कारण हाललाई मन्त्रालयले वीर अस्पतालमार्फत नै उक्त रकम लिने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले भने मन्त्रालयबाट पठाएको पत्रबारे जानकारी नभएको बताए । ‘त्यो पत्र आएको भन्नेबारे मलाई जानकारी भएन । यदि आएको रहेछ भने बसेर चर्चा गरौला’, उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्