×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया क्यापिटलको एजिएम हुँदै, ७.३६% नगद लाभांश दिने प्रस्ताव पेस गर्दै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनआइसी एसिया क्यापिटलको एजिएम हुँदै, ७.३६% नगद लाभांश दिने प्रस्ताव पेस गर्दै

Artha Sarokar

२३ श्रावण २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – भदौ १५ गते एनआइसी एसिया क्यापिटलको दोस्रो वार्षिक साधारण सभा हुने भएको छ । सभामा एनआइसीले चुक्ता पुँजीको ७.३६% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । कम्पनीले नगद लाभांश प्रयोजनको लागि १ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा खर्च गर्न लागेको हो । सभा एनआइसी एसिया क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथली काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ । 
सभामा आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि पेश गरिदैछ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी