
काठमाडौं – नेपाल प्रहरीका एक प्रहरी उपरीक्षक (एसपी) माथि गम्भीर संकट आई परेको छ । प्रहरीको विधि विज्ञान प्रयोगशाला सामाखुसीमा कार्यरत एसपी राकेशकुमार सिंहविरुद्ध गृह मन्त्रालयमा उजुरी परेपछि हेडक्वार्टरले छानविन समिति गठन गरेको हो ।
तल्लो दर्जाका महिला कर्मचारीहरुलाई शारीरिक शोषण गरेको भन्दै सिंहविरुद्ध गृहमा बेनामी उजुरी परेपछि हेडक्वाटरले एसएसपी सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
स्रोतका अनुसार विधि विज्ञानमा सिंहसहित अर्का एसपी योगबहादुर पाल पनि कार्यरत छन् । उनीहरुबीच राम्रो सम्बन्ध छैन । उजुरीमा महिला प्रहरीको नाम नखुलाइएका कारण पालले नै उजुरी हाल्न लगाएको हुनसक्ने हेडक्वाटरमा चर्चा छ ।
तर, गोपनीयताका लागि नाम उल्लेख नगरिएको स्रोतले बतायो । अपराध अनुसन्धान विभागको प्रत्यक्ष मातहतमा समिति गठन भएको हुँदा उजुरी झुटो हो वा सत्य हो त्यो भने समितिले रिपोर्ट दिएपछि मात्रै खुल्ने छ ।
तर, चार जनाभन्दा बढी महिला कर्मचारीमाथि पटक–पटक गिद्धे आँखा लगाएर शारीरिक शोषण गर्न खोजेको भन्दै सिंहविरुद्ध प्रतिशोधकै आधारमा कसैले उजुरी हाल्ने अवस्था भने नरहेको स्रोत बताउँछ । यस अघि पनि सिंहविरुद्ध उजुरी परेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्