Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकार समाचार प्रभाव : उमेर हद नाघेका कैलाशका यी ‘करारे’हरुको जागिर हुने भो चट् ! (नामावलीसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कैलाश बिकास बैंकमा ‘करारे’ कर्मचारीहरुको हालीमुहाली भएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि केहि समय अगाडी इन्सपेक्सनका लागि कैलाश बिकास बैंक गएको नेपाल राष्ट्र बैंकको टोलीले करारका कर्मचारीहरुलाई निकाल्नुपर्ने राय सहितको प्रतिवेदन तयार गरेका छन् । बैंकका सीईओ अमृतचरण श्रेष्ठले ६० बर्ष नाघेका कर्मचारीहरुलाई आफ्नो बैंकको विभिन्न उच्च अहोदामा समेत राखेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेको केहि समयपछि इन्सपेक्सनमा पुगेको टोलीले बैंकमा यस्तो ‘कैफियत’सहितको सुझाव रहेको प्रतिवेदन तयार गरेको हो । स्रोतका अनुसार इन्सपेक्सन टोली फर्किएसँगै अव कैलाश बिकास बैंकमा रहेका त्यस्ता कर्मचारीले आफैं राजीनामा दिन्छन् वा राष्ट्र बैंकले निकाल्ने गरीको निर्देशन पठाउँछ भन्ने चर्चा बढेको छ ।
कस-कसको जाने भो त जागिर ?
अर्थ सरोकार डटकमलाई बैंक स्रोतले दिएको जानकारी अनुसार राष्ट्र बैंकले ‘इन्सपेक्सन’का क्रममा बैंकमा कार्यरत कृष्ण गोपाल मानन्धर, जो ६५ बर्षका छन्, आइटी प्रमुख प्रदिप तुलाधर जो ६२ बर्षका छन्, कम्प्लाइन्स विभागका प्रमुख कनैह्यालाल राजवंशी जो ६२ बर्षका छन् लगायतको जागिर जाने भएको छ । राष्ट्र बैंकको इन्सपेक्सन टोलीले नाम नै किटेर उमेरहदभन्दा बढी उमेर भएर पनि बैंकमा करारमा राखिएको भन्दै ‘कैफियत’ लेखिदिएका छन् । अव यिनको जागिर जाने लगभग पक्कापक्की जस्तै भइसकेको छ । तर यिनलाई बचाउन सीईओ अमृतचरण श्रेष्ठ अझै लागि परेको चर्चा पनि बैंकिङ बजारमा चलेको छ ।
‘राष्ट्र बैंकबाट आएको इन्सपेक्सन टोलीले नाम नै किटेर लेखिदिएको छ । अव उहाँहरुले जागिर छोड्नुको विकल्प छैन ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बैंकका एक उच्च अधिकारीले भने, ‘सीईओले यो कुरालाई राष्ट्र बैंकको इन्सपेक्सन टोलीसँग पनि लुकाउने र त्यसलाई ‘मिलाउने’ प्रयास गर्नुभएको थियो । तर मिडियामा नै यो कुरा आइसकेपछी सीईओ सापको पनि केहि लागेन ।’    
यो पनि पढ्नुहोस् :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK