×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको १५% बोनस सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ एजिएम ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनएमबि बैंकको १५% बोनस सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ एजिएम ?

Artha Sarokar

१६ श्रावण २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एनएमबि बैंकको १५% बोनस सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । साउन ३१ मा हुने साधारण सभाको लागि बैंकले बिहीबार (साउन १७ गते) देखि बुक क्लोज गर्दैछ । यसआधारमा बैंकले वितरण गर्ने १५% बोनस सुरक्षित गर्न बुधबारसम्म  बैंकको सेयरधनी बन्नुपर्नेछ ।
यस्तै, सभामा बोनस सेयरमा लाग्ने कर तिर्न ०.७८९५% नगद लाभांश दिने प्रस्ताव पनि पेश हुनेछ । बैंकले बोनस वितरणमा १ अर्ब १४ करोड ४ लाख ९३ हजार ५९५ रुपैयाँ र नगद लाभांशका लागि ६ करोड २५ हजार ९७९ रुपैयाँ खर्च गर्नेछ ।  साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल ललितपुरमा दिउँसो २.३० बजे सुरु हुनेछ । 
बोनस वितरणपछि जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७३/७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । 
आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डामा पनि छलफल हुनेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन प्रकृयामा जानु परेमा त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि राखिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी