×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति बिकास बैंकलाई नयाँ सीईओ फाप्यो, अधिकांश सूचकमा उल्लेख्य प्रगति, खूद नाफातर्फ ३३.५८ प्रतिशतको वृद्धि !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ज्योति बिकास बैंकलाई नयाँ सीईओ फाप्यो, अधिकांश सूचकमा उल्लेख्य प्रगति, खूद नाफातर्फ ३३.५८ प्रतिशतको वृद्धि !

१५ श्रावण २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ज्योति बिकास बैंकले परिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार 
बैंकले आर्थिक वर्ष २०७४/७५ मा खूद नाफातर्फ ३३.५८ प्रतिशतको प्रगति गरेको छ । बैंकले समीक्षा अवधिमा ७६ करोड ५६ लाख खूद ब्याज आम्दानी गरेको छ भने नाफा ४८ करोड माथि पुर्याएको छ । यता २० करोड २१ लाखमा सीमित जगेडाकोषलाई बढाएर बैंकले ५१ करोड ५३ लाख पुर्याएको छ ।बैंकले रिजर्बमा १५४.८८ प्रतिशतको फड्को मारेको देखिएको छ । 
बैंकले जारी गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा ज्योति विकास बैंकले १९ अर्ब ५४ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ५१ करोड निक्षेप संकलन गरी ९ अर्ब १३ करोड कर्जा परिचालन गरेको थियो । यता बैंकले समीक्षा अवधिमा बैंकले खराब कर्जालाई पनि घटाएको छ । अघिल्लो वर्षसम्म ०.९६ प्रतिशत रहेको यस्तो कर्जा घटेर ०.३६ प्रतिशत बनेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ११९.८७ रुपैयाँ र मूल्य आम्द्यानी अनुपात ११.९८ गुणा कायम भएको छ । 
बैंकले केहि समय अगाडीमात्र नयाँ सीईओ पाएको थियो । बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली सीईओमा नियुक्त भएका थिए ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी