×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठूलो खर्चका बाबजुत पनि एनआइसी एशिया बैंकले नाफा बढायो, पहिलोपटक एनएफआरएस अन्तर्गत विवरण सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ठूलो खर्चका बाबजुत पनि एनआइसी एशिया बैंकले नाफा बढायो, पहिलोपटक एनएफआरएस अन्तर्गत विवरण सार्वजनिक

१५ श्रावण २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – एनआइसी एसिया बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले मंगलबार यस्तो वित्तीय विवरण सार्वजनिक गरेसंगै एनआइसी एसिया एनएफआरएस विधिबाट वित्तीय विवरण प्रकाशित गर्ने देशकै पहिलो बैंक समेत बन्न सफल भएको छ । 
ठूलो खर्चका वावाजूत पनि एनआइसी एशियाले नाफा भने बढाएको छ । बैंकले समीक्षा अवधिमा १ अर्ब ५२ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बैंकका सीईओ रोशन न्यौपानेले साखा विस्तारमा ठूलो खर्च भएकाले नाफामा भने बैंक नम्बर वान बन्न नसकेको बताएका छन् । यस अलावा डिपोजिट, बिजनेश ग्रोथ लगायतका मामलामा बैंक नम्बर वान भएको दावी बैंकको छ । 
समीक्षा अवधिमा एनआइसी एशिया बैंकले १३ अर्ब २९ करोड रुपैयाँ ब्याजबाट आम्दानी गरेको छ । समीक्षा अवधिमा निकै बैंकले १ खर्ब ५१ अर्ब निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब कर्जा परिचालन गरेको छ ।अघिल्लो वर्ष २१.५० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी १८.९४ रुपैयाँ कायम भएको छ भने यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५२.२४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.६८ गुणा कायम भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी