×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ उपमन्त्रीले शेरबहादुर देउवालाई यसाे भनेपछि….

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चिनियाँ उपमन्त्रीले शेरबहादुर देउवालाई यसाे भनेपछि….

१४ श्रावण २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । सोमबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग उपमन्त्री वाङ यजुन नेतृत्वको प्रतिनिधिमण्डलले सभापति देउवासँगउनकै निवास बुढानिलकण्ठमा भेटवार्ता गरेको हो ।
भेटका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्री वाङले नेपालमा आफूहरुको सबैभन्दा पुरानो सम्बन्ध कांग्रेससँग रहेको स्मरण गर्दै दुई पार्टीबीचको लामो समयदेखिको सम्बन्धलाई थप प्रगाढ गर्दै लैजाने बताएका छन् ।
उनले भेटका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता माओ–त्से–तुङ र कांग्रेसका संस्थापक नेता वीपी कोइरालाबीचको सम्बन्ध स्मरण गरेको सभापति देउवाका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए ।
‘भेटमा चिनियाँ प्रतिनिधिमण्डलले नेपालमा कांग्रेससँग पहिलो राजनीतिक सम्बन्ध भएको भन्दै दुई पार्टीबीच एक्सटेन्सन प्रोग्रामहरु गर्ने र दुई दलबीचको लामो सम्बन्धलाई थप मजबुत पारेर अगाडि लैजाने बारेमा कुराकानी भयो,’ उनले भने ।
कांग्रेस सभापति देउवा र चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्री वाङ नेतृत्वको टोलीबीच नेपाल सरकार र चिनियाँ सरकारबीच द्विपक्षीय हितलाई थप प्रगाढ बनाउने बारेमा पनि छलफल भएको थियो ।
भेटमा पूर्वप्रधानमन्त्री देउवाले चीनले पछिल्लो समयमा गरेको प्रगतिबाट नेपाल खुशी भएको बताउँदै चीनको प्रगतिबाट नेपाल पनि कुनै न कुनै माध्यमबाट लाभान्वित हुनुपर्ने बताएको प्रेस सहयोगी परियारले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी