×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जानकी फाइनान्सले गर्यो प्रगति, खुद नाफा २९.४४% ले वृद्धि हुँदा यस्तो छ अन्य सुचकको विवरण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जानकी फाइनान्सले गर्यो प्रगति, खुद नाफा २९.४४% ले वृद्धि हुँदा यस्तो छ अन्य सुचकको विवरण

Artha Sarokar

१४ श्रावण २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जानकी फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २९.४४%ले वृद्धि गरेर १३ करोड ३८ लाख ९२ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष जानकीले १० करोड ३४ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने खुम्चिएको छ । खुद ब्याज आम्दानी ०.७४% ले घटेर १५ करोड ६२ लाख ९८ हजार रुपैयाँमा ओर्लिएको छ । अघिल्लो वर्ष जानकीले १५ करोड ७४ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, जानकीको सञ्चालन नाफा पनि ७६.७४% ले घटेर १ करोड ७३ लाख ७८ हजार रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष ७ करोड ४७ लाख १२ हजार रुपैयाँ सञ्चालन नाफा भएको थियो । 
हाल जानकीको चुक्ता पुँजी ४० करोड ३३ लाख ९३ हजार रुपैयाँ छ । रिजर्भ कोषमा २८ करोड ४लाख ७० हजार रुपैयाँ रहेको यस कम्पनीले १ अर्ब ६५ करोड १६ लाख ३४ हजार रुपैयाँ निक्षेप संकललन गरेको । उता, १ अर्ब ५९ करोड ५६ लाख २३ हजार रुपैयाँ कर्जा लगानी गर्न पनि कम्पनी सफल भएको छ । 
कम्पनीले यो त्रैमास सम्ममा १९ करोड ९ लाख ६० हजार राइट ब्याक गरेको छ भने १३ करोड २९ लाख ९ हजार रुपैयाँ सम्भावित जोखिमका लागि छुट्याएको छ । जानकीले खराब कर्जामा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो वर्ष ८.३१% रहेको जानकीको खराब कर्जा यो त्रैमासमा १.६९% मा खुम्चिएको हो । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ११ पैसा रहेको जानकीको प्रतिसेयर नेटवर्थ भने १६९ रुपैयाँ ५३ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी