×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनियन हाइड्रोपावरको आइपीओ खुल्ला, क-कसले पाइन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युनियन हाइड्रोपावरको आइपीओ खुल्ला, क-कसले पाइन्छ भर्न ?

१४ श्रावण २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – युनियन हाइड्रोपावर कम्पनीको आइपीओ सोमबारदेखि बिक्री खुला भएको छ । कम्पनीले ७ लाख ५० कित्ता आइपीओ प्रभावित क्षेत्रको लागि निष्कासन गरेको हो । यस आइपिओमा लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नम्बर ८, ९ र १०, बेसिसहर नगरपालिका–५, सुन्दर बजार नगरपालिका–११ र कास्की जिल्लाको रुपा गाउँपालिका–१ का स्थानीयले आवेदन दिन पाउनेछन् । 
यसैगरी, लमजुङ जिल्लामा स्थायी बसोबास गर्ने बासिन्दाले पनि यो आइपीओ भर्न सक्नेछन् । आइपीओमा आवेदन दिने अन्तिम म्याद साउन २८ गते तोकिएको छ । यो अवधिमा सबै सेयर नबिकेमा भदौ १२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था छ । यसमा न्यूनतम ५० देखि अधिकतम ३ हजार कित्ताका लागि आवेदन दिन पाइन्छ । 
युनियनको आइपीओमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । सिभिल बैंकको लमजुङस्थित मालिङ, बेसिसहर, गौंडा, भुलभुले र रैनास शाखा तथा ओम डेभलपमेन्ट बैंकको भोडेटार र बसिसहर शाखाबाट आवेदन दिन सकिनेछ । यसैगरी, कैलाश विकास बैंक, ग्लोबल आइएमई बैंक र लक्ष्मी लघुवित्तको भोर्लेटार शाखा तथा कामना सेवाको दुईपिप्ले र सनराइज बैंकको बेसिसहर शाखाबाट पनि आइपीओ भर्न सकिन्छ ।
युनियन हाइड्रोको आयोजना स्थलबाट पनि आवेदन फारम भर्न र बुझाउन पाइन्छ । युनियनको जारी पुँजी ७५ करोड रुपैयाँ छ । कम्पनीले स्थानीयलाई आइपीओ बिक्री गरिसकेपछि फेरि २९ करोड १२ लाख ५५ हजार रुपैयाँको आइपीओ सर्वसाधारणलाई बिक्री गर्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी