×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकको ५०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनसीसी बैंकको ५०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

Artha Sarokar

१४ श्रावण २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एनसीसी बैंकको ५०% हकप्रद सेयर सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ ।  बैंकले हकप्रद निष्कासन गर्नका लागि साउन १५ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले सोमबारसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । बैंकले २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति पनि दिइसकेको छ । यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटलले काम गर्नेछ । राष्ट्र बैैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने अभियानमा एनसीसीले हकप्रदको बाटो रोजेको हो ।
हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ छ । बैंकले यही पुँजीबाट ५०% हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि एनसीसीको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी