×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तकोशीको खुद नाफा ५७.६२% वृद्धि, कति भयो खुद ब्याज आम्दानी ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सप्तकोशीको खुद नाफा ५७.६२% वृद्धि, कति भयो खुद ब्याज आम्दानी ?

८ श्रावण २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा खुद नाफा ५७.६२%ले वृद्धि गरेको छ । अघिल्लो वर्ष  २ करोड ३५ लाख २१ हजार रुपैयाँ कमाएको बैंकले गत वर्ष ३ करोड ७० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ४७.८५% र ५६.९७% ले बढेको छ ।
बैंकको खुद नाफा वृद्धि गर्नमा खुद ब्याज आम्दानी र सञ्चालन नाफाले सहयोग गरेको छ । गत वर्षको खुद ब्याज आम्दानी ४७.८५% ले वृद्धि गरेर १० करोड १४ लाख ७३ हजार रुपैयाँ कमाएको छ  । अघिल्लो वर्ष ६ करोड ८६ लाख ३१ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, सञ्चालन नाफा पनि ५६.९७% वृद्धि गरेर २ करोड ५४ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १ करोड ६१ लाख सञ्चालन नाफा रहेको थियो ।
 सप्तकोशीले ३ करोड २८ लाख ३२ हजार रुपैयाँ राइट ब्याक गरेको छ । राइट ब्याकले खुद नाफा राम्रो देखाउन सहयोग पुर्याएको छ र चुक्ता पुँजी २१ करोड १० लाख रुपैयाँबाट बढाएर ५० करोड ८५ लाख १० हजार रुपैयाँ पुर्याएको सप्तकोशीको रिजर्भ कोषमा ५ करोड ८६ लाख ८४ हजार रुपैयाँ छ । पुँजी वृद्धिसँगै रिजर्भ कोष दर्बिलो बनाउनुपर्ने चुनौती सप्तकोशीलाई पनि उत्तिकै छ । 
बैंकले सम्भावित जोखिमकालागि ३ करोड ९३ लाख ८१ हजार रुपैयाँ छुट्याएको छ । खराब कर्जामा पनि सुधार भएको छ । अघिल्लो वर्ष ०.५४% रहेको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा ०.४६% मा सीमित भएको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ २९ पैसा रहेको सप्तकोशीको प्रतिसेयर नेटवर्थ भने १११ रुपैयाँ ५४ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी