×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका माइक्रोक्रेडिटको खुद नाफामा १६.२६% वृद्धि, यस्तो छ अन्य सुचकको विवरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कालिका माइक्रोक्रेडिटको खुद नाफामा १६.२६% वृद्धि, यस्तो छ अन्य सुचकको विवरण

८ श्रावण २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा १६.२६% ले वृद्धि गरेर २ करोड ५९ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा २ करोड २३ लाख ५७ हजार रुपैयाँ कमाएको थियो । 
बैंकको नाफा वृद्धि गर्नमा खुद ब्याज आम्दानी र सञ्चालन नाफाले सघाएको छ । यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९ करोड ३६ लाख ५६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा भने ७ करोड १६ लाख ९ हजार मात्र थियो । यस्तै, सञ्चालन मुनाफा ३ करोड ५ लाख ५१ हजार रुपैयाँबाट वृद्धि गरी ३ करोड ४१ लाख २७ हजार रुपैयाँ पुर्याएको छ ।
यता, कम्पनीले ४९ करोड ९० लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा लगानी १ अर्ब २० करोड ५६ लाख ५६ हजार रुपैयाँ छ । यसको खराब कर्जा बढेको छ । अघिल्लो वर्ष १.५२ % रहेको खराब कर्जा अहिले १.६४% पुगेको छ । कालिकाको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । कम्पनीले जगेडा कोषमा ५ करोड ७३ लाख १९ हजार रुपैयाँ राखेको छ । यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ भने १५७ रुपैयाँ ३२ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी