
काठमाडौँ – सरकारले भारतका लागि राजदूत पदमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतिलाई सिफारिश गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उप्रेतिलाई भारत र पूर्व राजदूत उदयराज पाण्डेलाई मलेसियाका लागि राजदूत सिफारिश गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
सोमवारको मन्त्रिपरिषद्को बैठकले राजदूतको वर्गीकरण नगर्ने निर्णय पनि गरेको छ । यस अघि भारतका लागि राजदूत रहेका दीपकुमार उपाध्यायले नेपाली कांग्रेसबाट चुनाव लड्नका लागि राजीनामा दिएपछि राजदूत पद खाली रहेको थियो ।
मलेसियाका लागि राजदूत सिफारिश भएका पाण्डे यसअघि साउदी अरेबियाका राजदूत भइसकेका थिए । सम्बन्धित देशबाट एग्रिमो आइसकेपछि मात्र ती देशहरुमा राजदूत नियुक्त हुने गर्छ ।
भारत र मलेसियाका लागि राजदूत सिफारिश भइसकेपछि अब अमेरिका र साउदी अरबका लागि राजदूत सिफारिश हुन बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्