×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसद्वारा सोमवारको संसद् बैठक अवरुद्ध, सरकार गैरजिम्मेवार बनेको आरोप

LAXMI SUNRISE BANK

कांग्रेसद्वारा सोमवारको संसद् बैठक अवरुद्ध, सरकार गैरजिम्मेवार बनेको आरोप

३२ असार २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – जुम्लामा अनसरत डाक्टर गोविन्द केसीको विषयलाई मुख्य मुद्दा बनाएर आन्दोलन गर्दै आएको प्रमुख विपक्षी नेपाली कांग्रेसले सोमवारको संसद बैठक अवरुद्ध गरेको छ ।
सरकारले चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरे । त्यस लगतै सभामुखले सांसद मीन विश्वकर्मालाई बोल्न समय दिएका थिए । उनले सरकारले समस्या बल्झाउने गरी चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै विरोध गरे ।
डाक्टर गोविन्द केसीको स्वास्थ्य गम्भीर रहेको भन्दै उनले वार्ताबाट समस्या समाधान गर्न सरकारलाई आग्रह समेत गरे । सरकार गैरजिम्मेवार बनेको छ, सर्वसत्तावादी शैलीबाट अघि बढेको अरोप लगाए । सरकारले जवजस्ती गरे संसद चल्न नदिने बताए ।
लगतै कांग्रेस सांसदहरु उठेर विरोध गरे । सभामुख महराले कांग्रेसकै सांसदले विरोधको सूचना दर्ता गरेको भन्दै प्रक्रिया अघि बढ्न दिन आग्रह गरे । उनले डाक्टर केसीको अनसनबारे सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी