×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोच्चको आदेश,’बर्खास्त गरिएका नेप्से प्रमुख चन्द्र सिंह साउदलाई काममा फर्काउनू’

PRIME CA

सर्वोच्चको आदेश,’बर्खास्त गरिएका नेप्से प्रमुख चन्द्र सिंह साउदलाई काममा फर्काउनू’

अर्थ सरोकार

३१ असार २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल स्टक एक्सचेञ्जका तत्कालीन महाप्रबन्धक चन्द्र सिंह साउदलाई काममा फर्काउन सर्वोच्च अदालतले आदेश दिएको छ । केपी ओली सरकारले आफ्नो पद खोसेपछि उक्त सरकारी निर्णय कार्यान्वयनविरुद्ध अन्तरिम आदेशको माग गर्दै साउदले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 
सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले साउदलाई काममा फर्काउन आदेश दिएको हो । चन्द्र साउदजस्तै मन्त्रीपरिषद्को निर्णयबाट पदमुक्त भएका अन्यलाई पनि सर्वोच्चले यसअघि छुट्टा छुट्टै आदेशमार्फत काममा फर्काउन आदेश दिइसकेको छ । यो घटनासँगै नेपाली सेयर बजारमा नयाँ तरङ्ग पैदा भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: