×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डा. केसीलाई राजधानी ल्याउन हेलिकप्टर लिएर मन्त्री जुम्ला जाँदै

PRIME CA

डा. केसीलाई राजधानी ल्याउन हेलिकप्टर लिएर मन्त्री जुम्ला जाँदै

२७ असार २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लामा अनसन बसिरहेका डा. गोविन्द केसीलाई राजधानी ल्याउन हेलिकप्टर लिएर सरकारका मन्त्री नै जाने भएका छन् । अनशन बसिरहेका केसीको स्वास्थ्य अबस्था बिग्रिदै गएको र थप समस्या भए बर्षाका कारण समयमा काठमाडौं ल्याउन नसकिने जनाउँदै शिक्षामन्त्री जुम्ला जान लागेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेपाली सेनाको हेलिकप्टर लिएर शिक्षामन्त्री गिरिराजमणि पोखरेल जुम्ला जान लागेका छन् । सेनाको एमआई–१७ नम्बरको हेलिकोप्टर जुम्ला पठाउने तयारी सरकारले गरेपनि केसी फर्किने या नफर्किने निश्चित भइसकेको छैन । प्रधानमन्त्री ओलीले उनको स्वास्थ्य स्थिति विग्रिन नदिन र सम्वाद गर्न हेलिकप्टर पठाउन लागेका हुन् ।
सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि केसी नफर्किने जनाएका छन् । आफ्ना माग पुरा नभएसम्म आफु नफर्किने जवाफ दिएका छन् । यसअघि सरकारले पठाएका चिकित्सकहरुबाट उनले सुविधा लिन अस्वीकार गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: