Skip to content
LAXMI SUNRISE BANK

सामाजिक उत्थानमा ग्लोबल आइएमई बैंकको सहयोग, विद्यालयलाई ५ थान कम्प्युटर सहयोग

अर्थ सरोकार

ग्लोबल आइएमई बैंक लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रे जिल्लाको रोसी गाउँपालिका – ९, मंगलटार स्थित श्री मंगल जन विजय माध्यामिक विद्यालयलाई ५ थान नयाँ कम्प्युटर हस्तान्तरण गरेको छ ।
काभ्रे जिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्धेश्यले सनिबार एक कार्यक्रमकाबीच बैंकले उक्त कम्प्युटरहरु हस्तान्तरण गरेको हो । कम्प्युटर हस्तान्तरण कार्यक्रमका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, सांसद एंव पूर्व स्वास्थ्य तथा वातावरण राज्यमन्त्री शशी श्रेष्ठ, राष्ट्रिय शिक्षा आयोगका सदस्य एव्म वरिष्ठ पत्रकार तथा विश्लेषक श्याम श्रेष्ठ, ग्लोबल आइएमई बैंक लि. कि सहायक महाप्रबन्धक आरती राणा लगायतको उपस्थिती रहेको थियो ।
उक्त समारोहमा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ ज्यूले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई बैंक लि. ले श्री मंगल जन विजय माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरि सहयोग गरेकोमा धन्यबाद व्यक्त गर्दै बैंक तथा वित्तिय संस्थाहरुलाई यस्ता सामाजिक उत्तरदायित्वका गतिबिधिमा सहभागी हुन आग्रह गर्नुभयो ।
सोहि समारोहमा बोल्दै ग्लोबल आइएमई बैंक लि. कि सहायक महाप्रबन्धक आरती राणा ज्यूले भुकम्पबाट क्षति पुगेको श्री मंगल जन विजय माध्यमिक विद्यालयका बिद्यार्थीहरुको शैक्षिक बिकासमा टेवा पु¥याउनको लागि बैंकले ५ थान कम्प्युटर सहयोग गरेको जानकारी गराउदैँ भविष्यमा पनि बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई सधँै प्राथमिकतामा राखेर अगाडी बढ्ने बताउनुभयो ।
कार्यक्रमका बोल्दै सांसद एंव पूर्व स्वास्थ्य तथा वातावरण राज्यमन्त्री शशी श्रेष्ठ ज्यूले बैंक तथा वित्तिय सस्ंथाले बैंकिङ्ग गतिबिधिको साथमा समाजको विकासका लागि गरेको सहयोगको सरहाना गर्नुभयो । बि.स. २०७२ सालको भुकम्पबाट अति प्रभावित बनेको काभ्रे जिल्लाको श्री मंगल जन विजय माध्यमिक विद्यालयले भुकम्प अगाडी आफ्ना बिद्याथीहरुलाई कम्प्युटर सम्बन्धि शिक्षा प्रदान गर्दै आइरहेकोमा भुकम्पले गर्दा उक्त बिद्यालयका सम्पूर्ण कम्प्युटरहरु क्षति भएका कारण विद्यालयले कम्प्युटर शिक्षा प्रदान गर्नबाट बञ्चित भएको थियो ।
भुकम्प पश्चात आफ्ना बिद्याथीहरुलाई कम्प्युटर शिक्षा प्रदान गर्न असमर्थ रहेकोमा ग्लोबल आइएमई बैं लि.को सहयोग पश्चात उक्त शिक्षा निरन्तरता दिन विद्यालय सफल भएकोमा बिद्यालयका प्रधानध्यापक बासु थापा ज्यूले ग्लोबल आइएमई बैंक प्रति आभार व्यक्त गर्नुभयो ।
ग्लोबल आइएमई बैंक लि.ले स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको छ भने यस्ता अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहँदै आएको छ ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले १२९ शाखा, ५ एक्सटेन्सन काउण्टर, १३२ एटिएम, ९२ वटा शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK