×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकको १०.७५% बोनसमा मूल्य समायोजन

PRIME CA

मेगा बैंकको १०.७५% बोनसमा मूल्य समायोजन

१५ असार २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मेगा बैंकको १०.७५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि सेयर भाउ प्रतिकित्ता १५७.११ कायम भएको छ भने अब आइतबार सोहि मूल्यलाई आधार मानेर सेयर कारोबार खुल्नेछ । यस बैंकको औसत आधार मूल्य २५५.४३ रुपैयाँ छ । 
मेगाले असार २९ गते वार्षिक साधारण सभा गर्न शुक्रबारदेखि बुक क्लोज गरेको हो । साधारण सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
मेगाले टुरिजमसँग मर्जपछि कायम पुँजी ९ अर्ब २८ करोड ६८ लाख ३१ हजार ३७९ रुपैयाँको १०.७५% बोनस दिने प्रस्ताव साधारण सभामा लौजानेछ । यसअघि टुरिजमले घोषणा गरेको बोनसलाई पनि मेगाले यसैमा एकीकृत (समायोजन) गरेको हो ।
यता, मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको दिन (वैशाख ३० गते) भन्दा पछि कायम सेयरधनीले भने बोनस सेयरमा लाग्ने कर आफैले तिर्नुपर्नेछ । त्यसभन्दा अघि कायम भएका दुवै बैंकका सेयरधनीलाई भने कर छुट हुनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: