Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंकको नयाँ शाखा धादिङ्गको गल्छीमा

अर्थ सरोकार

ज्योति विकास बैंक लि. ले धादिङ्गको गल्छी गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । गल्छी गाउँपालिका वडा नं ७ गल्छी बजारमा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति गल्छी गाउँपालिकाका अध्यक्ष श्री कृष्ण हरि श्रेष्ठ तथा बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच आषाढ ११ गतेका दिन संयुक्त रुपमा उद्घाटन गर्नुभयो । 
सो अवसरमा गल्छी गाउँपालिकाका अध्यक्ष श्री कृष्ण हरि श्रेष्ठले गल्छीमा शाखा खोलेकोमा खुशी व्यक्त गर्दै बैंकको प्रगतिको कामना गर्नुभयो । साथै बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले ज्योति विकास बैंकले आधुनिक बैकिङ्ग सेवा देशैभरी विस्तार गर्ने क्रममा रहेको र व्यवसायिक दृष्टिकोणले भविष्य बोकको गल्छीमा शाखा ल्याएको बताउनु भयो भने बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले साना लघु कर्जा देखि ठुला औधोगिक कर्जा प्रवाह गरिने बताउन हुँदै ज्योति विकास बैंकको सेवा लिनहुन सम्पुर्णमा अनुरोध गर्नुभयो । 
हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १६ अर्व २ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १४ अर्व ६० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK