Skip to content
LAXMI SUNRISE BANK

पोखरा फाइनान्सको १३औं शाखा नारायणगढमा, ग्राहकलाई बैंकको सम्पूर्ण सेवा प्रदान गरिने

अर्थ सरोकार

पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले चितवनको भरतपुर म.न.पा. १, मिलनरोड स्थित नारायणगढमा आफ्नो १३औं शाखा सञ्चालन गरी कारोबार सुरु गरेको छ । नारायणगढ शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा लगायत सिआस्वा तथा मोवाइल बैंकिङ सेवा दिइने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।
वित्तीय संस्थाको हालै सम्पन्न २१ औं वार्षिक साधारण सभाले ८.२६ प्रतिशत बोनस सेयर पारित गरेपछि फाइनान्सको चुक्ता पुंजी रु. ८१.६४ करोड कायम भएको छ । त्यस्तै, निक्षेप चार अर्ब १५ करोड रुपैयाँ तथा कर्जा लगानी तीन अर्ब ९५ करोड रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK