
पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले चितवनको भरतपुर म.न.पा. १, मिलनरोड स्थित नारायणगढमा आफ्नो १३औं शाखा सञ्चालन गरी कारोबार सुरु गरेको छ । नारायणगढ शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा लगायत सिआस्वा तथा मोवाइल बैंकिङ सेवा दिइने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।
वित्तीय संस्थाको हालै सम्पन्न २१ औं वार्षिक साधारण सभाले ८.२६ प्रतिशत बोनस सेयर पारित गरेपछि फाइनान्सको चुक्ता पुंजी रु. ८१.६४ करोड कायम भएको छ । त्यस्तै, निक्षेप चार अर्ब १५ करोड रुपैयाँ तथा कर्जा लगानी तीन अर्ब ९५ करोड रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्