Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंकको एटिएम सेवा काठमाडौँको ठमेलमा

अर्थ सरोकार

ज्योति विकास बैंक लि. ले आफ्नो ग्राहक वर्गहरुमा सेवा विस्तार गर्ने क्रममा काठमाडौंको ठमेल सातघुम्तीमा एटिएम सेवा संचालनमा ल्याएको छ । यससँगै वैंकले १८ स्थानबाट एटिएम सेवालाई आफ्नो ग्राहकवर्गमा पुर्याएको छ । हालै मात्र वैंकले एससीटी कार्डलाई प्रतिस्थापन गरि भिसा डेबिट कार्ड ल्याएको हो । 
यस बैक ग्राहकहरुलाई अत्याधुनिक सेवा प्रदान गर्न सदैव कटिबद्ध रहेको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि बजारमा स्थापित गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, ए.टि.एम. सेवा, ३६५ दिने बैंकिङ्ग सेवा, एबिबिएस सेवाका साथै आफ्नै रेमिट सेवा ज्योति रेमिट समेत संचालनमा ल्याएको छ । 
हाल बैंकले ५७ वटा शाखा कार्यालयबाट सेवा उपलव्ध गराउँदै आएको छ । यस आर्थिक वर्ष भित्रनै बैंकले थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५० हजार भन्दा बढि खाताबाट रु. १६ अर्व २ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १४ अर्व ६० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्ता पूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK