काठमाडौं– एन आई सी एशिया बैंकले शाखा विस्तार गर्ने क्रममा सर्लाहीको कबिलासी नगरपालिका, वडा नं ८ मा नयाँ शाखा स्थापना गरेको छ । बिहिबार एक समारोहका बिच कबिलासी नगरपालिकाका मेयर किशोर यादवले उद्घाटन गरेको बैंकले जनाएको छ ।
यस सँगै बैंकको मुलुकभर २२४ शाखा कार्यालयहरु पुगेको छ । यस्तै बैंकले २१३ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत पनि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।