×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के तपाईंलाई थाहा छ ? ट्रम्प-किम ऐतिहासिक वार्ताको सुरक्षामा सिंगापुर प्रहरीमा भर्ना भएका ‘गोर्खाली’ तैनाथ छन् !

अर्थ सरोकार

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलवार

PRIME CA

के तपाईंलाई थाहा छ ? ट्रम्प-किम ऐतिहासिक वार्ताको सुरक्षामा सिंगापुर प्रहरीमा भर्ना भएका ‘गोर्खाली’ तैनाथ छन् !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अहिले विश्वभर सबैभन्दा बढी चर्चामा आएको विषय केहि हो भने, त्यो हो अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच एेतिहासिक मिलन । सिंगापुरस्थित सेन्टासा आइल्याण्डको एक होटलमा भइरहेको ट्रम्प र किमबीचको वार्तामा नेपालका ‘गोर्खाली’ ले सुरक्षा दिइरहेका छन् भन्ने तपाईंलाई थाहा छ कि छैन ? थाहा नभएको भए थाहा पाईराख्नुहोस्, नेपालका लागिसमेत गर्वको विषय बनेको यो चर्चाले अहिले भारतमा समेत खैलाबैला मच्चाएको छ । सिंगापुर प्रहरीमा भर्ती भएका गोर्खालीहरुले उनीहरुको सुरक्षा दिइरहेका छन् । 
यहि विषयलाई लिएर विश्वका विभिन्न मिडियामा पनि चर्चा भएको छ । सिंगापुरले उपलब्ध गराउन सक्ने सबैभन्दा उत्कृष्ट सुरक्षाकर्मी नै गोर्खाली रहेकाे भन्दै विभिन्न मिडियामा गोर्खालीहरुको ठुलो प्रशंसा भइरहेको छ ।  यहि बीचमा जर्मनका तानाशाह एडोल्फ हिटलरले कुनै बेला भनेको ‘यदि मसँग गोर्खाहरु हुन्थे भने मलाई संसारका कुनै पनि सेनाले पराजित गर्न सक्ने छैनन् ।’ भन्ने वाक्यांश पनि अहिले विश्वभर चर्चित भइरहेको छ । 
यो समग्र नेपालीहरुका लागि पनि गर्वको विषय हो । यसलाई विश्वभर फैलाउन सेयर गरौँ ! 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: