×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्री इन्भेष्टमेन्टले २६.५७% बोनस प्रस्ताव पारित गर्न बोलायो एजीएम, सभा गर्न कहिले हुँदैछ बुकक्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

श्री इन्भेष्टमेन्टले २६.५७% बोनस प्रस्ताव पारित गर्न बोलायो एजीएम, सभा गर्न कहिले हुँदैछ बुकक्लोज ?

२८ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – असार २२ गते श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको साधारण सभा हुने भएको छ । कम्पनीले गत वर्षको कमाईबाट २६.५७% बोनस दिने प्रस्ताव पेश गर्दैछ । बोनसका लागि १६ करोड ७९ लाख ७८ हजार ५६८ रुपैयाँ खर्च हुनेछ । श्री इन्भेष्टमेन्टले २०७३ माघ १८ गतेसम्म कायम सेयधनीलाई बोनस सेयरमा कर छुट दिने प्रस्ताव पनि लैजानेछ । साधारण सभा गर्न कम्पनीले असार ४ गते बुक क्लोज गर्ने भएको छ । असार ३ गतेसम्म मात्र कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
श्री इन्भेष्टमेन्टले यसअघि एभरेष्ट फाइनान्स लिमिटेडलाई मर्ज गरेको थियो । त्यही भएर मर्ज अघि सेयरधनी बनेकाले २ वर्ष सम्म कर छुट पाउनेछन् । सभा अमृतभोक क्याटलर्स प्रा.लि. कालिकास्थान काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने एजेन्डा पनि रहनेछ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी