
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मञ्जुश्री फाइनान्सको दशौ वार्षिक साधारण सभा असार २० गते हुने भएको छ । फाइनान्सले ५.७१% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ भने कर तिर्न ०.३२% नगद लाभांश दिने प्रस्ताव पनि पेस गर्ने छ । साधारण सभा थापागाँउ ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
बोनसपछि चुक्ता पुँजी बृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने एजेन्डा पनि रहनेछ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने अर्को प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा समेत राखिएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले असार ४ गते बुक क्लोज गर्ने भएको छ । असार ३ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । हाल मञ्जुश्रीको चुक्ता पुँजी ७६ करोड ५ लाख ९७ हजार ५०० रुपैयाँ छ । बोनस वितरण पछि चुक्ता पुँजी ८० करोड ४ लाख ६० हजार २१० रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्