
हेटौंडा – प्रधानमन्त्री केपी शर्मा ओलीले हेटौंडाको कपडा कारखाना सञ्चालन गर्ने बताएका छन् । उनले प्रदेशसभा ३ को बैठकलाई सोमबार संबोधन गर्दै नयाँ मेसिन ल्याएर कपडा उद्योग चलाउने बताएका हुन् ।
‘हेटौंडा कपडा उद्योग चलाइन्छ, त्यसका लागि नयाँ मेसिन ल्याइन्छ’ उनले भने ‘यसमा प्राइभेट सेक्टर (निजी क्षेत्र) पनि ल्याइन्छ ।’उनले कपडा उद्योग सरकारले मात्र चलाउँदा त्यसले प्रतिफल नदिने बताए । ‘सरकारी मात्र भयो भने घाँस हाल्ने कोही हुँदैन दूध खाने मात्र हुन्छ’ उनले भने ।
त्यसका साथै प्रधानमन्त्री ओलीले नेपालमा सिमेन्ट उत्पादन गरेर उक्त सिमेन्ट भारतमा पनि निर्यात गर्न सकिने बताए । भारतका धेरै राज्यमा चुनढुंगा खानी नभएकाले मूल्यमा भारतले नेपालसँग प्रतिस्पर्धा गर्न नसक्ने उनले दावी गरे ।
‘भारतलाई सस्तोमा सिमेन्ट उपलब्ध गराउन सकिन्छ । भारतका धेरै राज्यमा चु्नढुंगा छैन’ उनले भने ‘भारतले हामीसँग प्रतिस्पर्धा गर्न सक्दैन । किन भने उसँग चुनढुंगा छैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्