×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्ट्रलको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मिति, सर्वसाधारणले पनि भर्न पाइने

PRIME CA

सेन्ट्रलको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मिति, सर्वसाधारणले पनि भर्न पाइने

२१ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सेन्ट्रल फाइनान्सको संस्थापक सेयर ९ लाख ८१ हजार ७०८.७२ कित्ता लिलामी भर्ने सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि पनि सोही संख्यामा संस्थापक सेयर लिलामी खुला गरेको थियो । तर त्यसबेला आवेदन नपरेपछि सर्वसाधारणले समेत भर्न पाउने गरी जेठ १४ बाट फेरि लिलामीमा ल्याएको हो । यसमा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ । यसैगरी, सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि लिलामी भर्न पाइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: