
काठमाडौँ – संघीय संसदमा जारी बजेटमाथिको छलफलमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा कुनै योजना नआएको भन्दै सांसद सुजाता कोइरालाले आपत्ति जनाएकी छन् ।
मदन भण्डारीलगायत एमालेका नेताहरुको नाममा योजना र बजेट छुट्टयाइएको तर कांग्रेस नेताहरुलाई उपेक्षा गरिएको कोइरालाको आरोप छ । कोइरालाले यस पटकको बजेटमा गिरिजाको नाममा कुनै योजना र बजेट नआएको भन्दै आपत्ति जनाएकी हुन् ।
कोइरालाले गिरिजा प्रसाद कोइरालाको नाममा तनहुँमा निर्माणाधिन अस्पताललाई सरकारले उपेक्षा गरेको बताइन् । उनले उक्त अस्पतालका लागि सरकारले बजेट छुट्याउन माग गरिन् ।
उक्त अस्पतालका लागि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा छलफल गरेको र भारत सरकारले बनाउने इच्छा पनि व्यक्त गरेको कोइरालाले जानकारी दिइन् । उनले सरकारले पनि बजेट छुट्याउनु पर्ने बताइन् ।
उनले भनिन्, ‘अहिलेको सरकारले प्रतिपक्षलाई छाडेर हिड्न खोजेको देखिन्छ । जसले देशमा ठुलो दुर्घटना आउन सक्छ । गिरिजाबाबुले थालेको शान्ति प्रक्रिया अहिलेसमम पुरा भएको छैन । सबै मिलेर शान्ति प्रक्रियालाई पुरा गर्नुपर्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्