Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी बैंकको एटिएम बिजयपुर व्यारेकमा, हालसम्म देशभरका बैंकका ८४ वटा शाखा र १०२ एटिएम सञ्चालन

अर्थ सरोकार

लक्ष्मी बैंकले आफ्नो एटिएम सेवा विस्तार गर्ने क्रममा पोखराको पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा विहीबारदेखि एटिएम सेवा संचालनमा ल्याएकोे छ। उक्त बैंकको एटिएमको उद्घाटन पृतनापति देवेन्द्र बहादुर मेधासी र लक्ष्मी बैंकको तर्फबाट मनिष राज कुँवरले  संयुक्त रुपमा गरेका छन् ।
एटिएम सेवा व्यारेकका सैनिकहरुका लागि मात्र नभई सर्वसाधारणहरुका लागि पनि उपलब्ध हुने बैंकले जनाएको छ । यससँगै लक्ष्मी बैंकको एटिएम संख्या १०२ पुगेको छ । यसबाहेक, बैंकले देशभरका ८४ वटा शाखामार्फत सेवा दिँदै आएको छ ।आगामी दिनहरुमा पनि बैंकले अझ धेरै शाखा अनि एटिएम सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK