×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्सुरेन्सको ४६% हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले देखि हकप्रद आउंदै ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु इन्सुरेन्सको ४६% हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले देखि हकप्रद आउंदै ?

१३ जेष्ठ २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रभु इन्सुरेन्सको ४६% हकप्रद सेयर सुरक्षित गर्ने आइतबार अन्तिम मिति रहेको छ । बैंकले हकप्रद निष्कासन गर्नको लागि जेठ १४ गतेदेखि बुक क्लोज गर्ने भएको छ ।
प्रभु इन्सुरेन्सलाई १ः०.४६ अनुपातमा ३१ लाख ६६ हजार ६७७.६३ कित्ता हकप्रद सेयर निष्कासन गर्नको लागि धितोपत्र बोर्डले अनुमति दिइसकेको छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । अब छिट्टै प्रभुले हकप्रद निष्कासन प्रक्रिया अघि बढाउनेछ । 
हाल यस कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ छ । यही पुँजीबाट प्रभुले ४६% हकप्रद बिक्री खुला गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार ७६३ रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी