×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओली र प्रचण्डलाई लाग्यो अहिलेसम्मकै ठूलो झट्का, नेकपाको नाममा दर्ता नहुने पक्का

LAXMI SUNRISE BANK

ओली र प्रचण्डलाई लाग्यो अहिलेसम्मकै ठूलो झट्का, नेकपाको नाममा दर्ता नहुने पक्का

११ जेष्ठ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एमाले-माओवादी एकता भएर भएर बनेको नेकपा अण्डरलाइनलाई एकपछि अर्को झट्का लाग्दै गइरहेको छ । २ पार्टी एकतासँगै नेता कार्यकर्ताहरु असन्तुष्ट बन्ने र पार्टी परित्याग गर्ने क्रम जारी भएपनि यहि समयमा अण्डरलाइनलाई अर्को तनाव भएको छ ।
अन्डरलाइन निर्वाचन आयोगमा दर्ता अन्यौलमा परेको छ । पार्टीको केन्द्रीय समिति आयोगले तोकेको मापदण्ड पूरा नगर्दा दर्ता नै अन्यौलमा परेको हो ।
अन्डरलाइनको ४ सय ४१ केन्द्रीय सदस्यमा एक तिहाई महिला पुर्याउन नसक्दा दल दर्तामै प्रश्न उठेको स्रोतले जनाएको छ । अन्तिम रुप दिएको केन्द्रीय समितिमा ७७ जनामात्र महिला छन् । यो संख्या एकतिहाइको आधा मात्र हो ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा १५ को ४ मा ‘दलको सबै तहको समितिमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नुपर्ने’ प्रावधान छ । तर, तत्कालीन एमालेबाट ३४ जना महिला केन्द्रीय सदस्य बनेका छन् ।
दल दर्ता सम्बन्धी कानुनअनुसार १ सय ४७ जना महिला केन्द्रीय सदस्य आवश्यक हुन्छ । जसमा ७ जना महिला केन्द्रीय सदस्य ल्याउनु पर्ने हुन्छ ।
यसअघि नै निर्वाचन आयोगका प्रबक्ता दिपक सुवेदीले नेकपा अन्डरलाइन दल दर्ताको लागि आवश्यक कागजात नपुगेको बताइसकेका थिए । आयोगले सबै केन्द्रीय सदस्यहरुको नागरिकता र विधानको फोटोकपी माग गरेको थियो ।
स्रोतका अनुसार नेकपा अन्डरलाइनले आयोगमा मागेको कागजात पनि नपुर्याएको र महिलाको संख्या थपबारे पनि कुनै छलफल गरेको छैन । त्यसैले दल दर्ताको कुनैपनि प्रक्रिया अगाडि बढेको छैन ।
दल दर्तासम्बन्धि ऐनमा आवश्यक प्रक्रिया पूरा नगरेपछि दल दर्ता गर्न नसकिने अयोग स्रोतको भनाई छ ।
एक त नेपाल कम्युनिस्ट पार्टी नामको दल आयोगमा दर्ता भएको छ । त्यसैले नामको मुनी धर्को तानेर दल दर्ता गर्न खोजिएको छ । त्यसमा पनि आवश्यक प्रक्रिया पूरा भएको छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी