×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर लगानीमा छैनन् मन्त्रिहरु पनि कम, ६ जना मन्त्रीबाहेक यस्तो छ अरु मन्त्रीहरुको लगानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयर लगानीमा छैनन् मन्त्रिहरु पनि कम, ६ जना मन्त्रीबाहेक यस्तो छ अरु मन्त्रीहरुको लगानी

१० जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा धेरैजसो मन्त्रीमा सेयर लगानीमोह छर्लंग छ । सरकारमा सहभागी मन्त्रीले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार धेरै मन्त्रीले आफ्नो र श्रीमतीको नाममा ठूलो परिमाणमा सेयर किनेको देखिन्छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सेयरमा सबैभन्दा बढी गर्ने मन्त्रीमा परेका छन् । उनकी श्रीमती एवं सांसद जुली महतोको नाममा सबैभन्दा बढी ४० करोड रुपैयाँ सेयरमा लगानी छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सम्पत्ति विवरणमा सेयर नरहेको उल्लेख गरेका छन् ।
उनीहरुले श्रीमती तथा परिवारका सदस्यको नामबाट सेयरमा लगानी गरेका छन् । प्रधानमन्त्री पत्नी राधिका शाक्यको नाममा २५ लाख रुपैयाँ बराबरको राष्ट्रिय बचतपत्र छ । रक्षामन्त्री पोखरेलको श्रीमती मिरा पोखरेलको नाममा बरुण हाइड्रोपावरको १० हजार कित्ता, कृषि विकास बैंकको २ सय कित्ता र मोर्डन कन्या मल्टिपल कलेजको ५ हजार कित्ता सेयर रहेको छ ।
गृहमन्त्री रामबहादुर थापाकी श्रीमती नैनकला थापाको नाममा अपर तामाकोसी हाइड्रोपावरको एक सय ४६ कित्ता, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको नामका रुपाकोट सामुदायिक रेडियोमा ५ हजार रुपैयाँको सेयर छ ।
अर्थमन्त्री युवराज खतिवडाको नाममा साबल सहकारीको ५ हजार कित्ता र श्रीमतीको नाममा नवदुर्गा भवानी सहकारीको ५० कित्ता सेयर छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टकी श्रीमती प्रतिमा श्रेष्ठसँग मेगा बैंकको २ सय ६५ कित्ता र कृषि विकास बैंकको ४९ कित्ता सेयर रहेको छ ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको नाममा लालीगुराँस सहकारी संस्थामा १० हजार रुपैयाँ र हाम्रो नयाँ कृषि सहकारी संस्थामा ३ लाख रुपैयाँ लगानी छ । युवा तथा खेलकुदमन्त्री विश्वकर्माको बुबाको नाममा कृषि विकास बैंकको ४ सय कित्ता, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसँग गण्डकी विकास बैंकको २६ हजार बराबरको, खानीखोला हाइड्रोपावरको ३० लाख रुपैयाँ बराबरको सेयर छ ।
कानुनमन्त्री शेरबहादुर तामाङसँग विभिन्न कम्पनीको १५ लाख रुपैयाँ बराबरको सेयर रहेको उल्लेख छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालसँग नेपाल इन्भेस्टमेन्ट, बैंक अफ काठमाण्डू, सानिमा र प्राइम कमर्सियल बैंकको १० लाख २७ हजार रुपैयाँ बराबरको सेयर रहेको उल्लेख छ ।
६ मन्त्रीहरुको भने सेयरमा लगानी छैन । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, वाणिज्यमन्त्री मातृकाप्रसाद यादव, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, महिलामन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगरले सम्पत्ति विवरणमा कुनै पनि कम्पनीको सेयर नरहेको उल्लेख गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी