×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीनको सेयर लिलामी खुल्ला, सेयर भर्न यस्तो छ सुबिधा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्रीनको सेयर लिलामी खुल्ला, सेयर भर्न यस्तो छ सुबिधा

१० जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – ग्रीन डेभलपमेन्ट बैंकको बिहीबारदेखि सेयर लिलामी खुला भएको छ । ग्रीनले सर्वसाधारण समूहको ३ लाख १३ हजार ७१३ कित्ता र संस्थापक समूहको ३ लाख ३७ हजार ५०० कित्ता गरि जम्मा ६ लाख ५१ हजार २१३ कित्ता सेयर लिलामीमा ल्याएको छ । यसमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ आधार मूल्यलाई ध्यान दिएर बोलपत्रमा सहभागी हुनुपर्नेछ । संस्थापक समूहमा न्यूनतम १००० कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम सबै कित्ता भर्न सकिने सुविधा छ ।
दोस्रो बजारमा बुधबार ग्रीनको क्लोजिङ भाउ प्रतिकित्ता १५३ रुपैयाँ थियो । लगानीकर्ताले लिलामी भर्दा दोस्रो बजारमा चलेको भाउलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । सोही आधारमा लिलामीमा कति कबोल्ने भनेर निर्णय लिन सजिलो हुनेछ । 
यता, संस्थापक सेयरका लागि बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, काठमाडौं र ग्रीन डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय हरिशंकर रोड, बग्लुङबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ । सर्वसाधारण समूह तर्फ भने लक्ष्मी क्यापिटल नयाँ वानेश्वर तथा लक्ष्मी बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट फारम भर्न पाइनेछ । ग्रीनको केन्द्रीय कार्यालय तथा बेनी र पोखरा शाखाबाट पनि सर्वसाधारण समूहको बोलपत्र पेश गर्न सकिनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी