×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफको लिलामी भर्ने आज अन्तिम मौका, कहाँ जाने भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम लाइफको लिलामी भर्ने आज अन्तिम मौका, कहाँ जाने भर्न ?

९ जेष्ठ २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्राइम लाइफ इन्सुरेन्सको २ लाख ७१ हजार ९७८ कित्ता सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन रहेको छ । प्राइमले जेठ २ देखि सर्वसाधारण समूहको २ लाख ७१ हजार ९७८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । १०० रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ ।
यसमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । यसैगरी, लक्ष्मी बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट पनि लिलामी भर्न मिल्नेछ । 
 हाल प्राइम लाइफको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ छ । लिलामी सेयर बिक्री भएपछि चुक्ता पुँजी १ अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी