×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरिनेः मन्त्री पण्डित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरिनेः मन्त्री पण्डित

Artha Sarokar

८ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरिसकिने बताए ।
मकवानपुरमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन आइपुगेका मन्त्री पण्डितले आज पत्रकारसँग कुरा गर्दै संघीय प्रदेशको संरचनामा जाँदा केही समस्या आएको र नयाँ संरचनानुसार बनेका संगठनको आन्तरिक संरचना बनिसकेको बताए ।
केन्द्रीय संरचनामा आवश्यकतानुसार कर्मचारी राख्ने र अन्य सबैलाई विभिन्न तहमा पठाइने मन्त्री पण्डितले बताए ।
अहिले कर्मचारीको मनोविज्ञान केन्द्रीय प्रणालीमा छ भन्दै उनले कर्मचारीको मनोविज्ञान संघीय संरचनानुसार तयारी हुनुपर्ने बताए । केन्द्रीय प्रणालीअन्तर्गत रहेका संरचना संघीय प्रणालीअन्तर्गत तीन तहमा जाने उनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी