×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवल पावरको एजीएम सुरु, के-के प्रस्ताव पेस गर्दै ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुटवल पावरको एजीएम सुरु, के-के प्रस्ताव पेस गर्दै ?

८ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बुटवल पावर कम्पनीको २५ औं वार्षिक साधारण सभा सुरु भएको छ । सभा कार्की ब्यांकेट, बबरमहल काठमाडौंमा मंगलबार १० बजेबाट सुरु भएको छ । बुटवल पावरले साधारण सभामा २०% नगद लाभांश दिने प्रस्ताव पेश गरेको छ । कम्पनीले एफपीओपछि कायम हुने पुँजीको २०% नगद लाभांश वितरण गर्न लागेको हो । यसअधारमा, एफपीओ भर्ने लगानीकर्ताले पनि लाभांश पाउनेछन् ।
सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको प्रतिनिधित्व हुनेगरी नियम १६ (क, ख, ग) संशोधन गर्ने प्रस्ताव पनि साधारण सभामा लगिएको छ । आर्थिक वर्ष २०७३–७४ को वित्तीय विवरण र सञ्चालक समितिको प्रतिवेदनमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७४–७५ को लागी लेखापरीक्षक नियुक्ती गर्ने अर्को एजेन्डा पनि पेश भएको ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी