×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषले २३.२२% लाभांश दिदैं, कहिले हुँदैछ एजिएम ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नागरिक लगानी कोषले २३.२२% लाभांश दिदैं, कहिले हुँदैछ एजिएम ?

७ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नागरिक लगानी कोषले २२.०६% बोनस सेयर दिने भएको छ । कोषले बोनस सेयरमा लाग्ने कर तिर्न १.१६% नगद लाभांश पनि दिने जनाएको छ । लगानी कोषले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट बोनस र नगद लाभांश दिन लागेको हो । बोनस प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश गरिने कोषले जनाएको छ ।
बोनस सेयरका लागि १९ करोड ९२ लाख २८ हजार ९६६ रुपैयाँ र कर तिर्न १ करोड ४ लाख ८५ हजार ७३५ रुपैयाँ खर्च गर्नेछ । यसअघि गत वैशाख ७ गते पनि आर्थिक वर्ष २०७२/७३ को वार्षिक साधारण सभा गरी २२% बोनस र १.१५% नगद लभांश दिने प्रस्ताव पारित गरिसकेको छ । उक्त बोनस नेप्सेमा सूचीकरण हुन बाँकी नै छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी