
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल इन्सुरेन्सको १००% हकप्रद भर्न २ दिनमात्र समय बाँकी रहेको छ । यो हकप्रद भर्न आज र भोलि गरी दुई दिन रहेको हो । मंगलबार कार्यालय समयसम्ममा यस हकप्रदमा आवेदन दिन सक्नु पर्नेछ । कम्पनीले वैशाख ५ गतेदेखि ३० लाख १९ हजार ८८६.१० कित्ता सेयर बिक्री खुला गरेको हो ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट सहित लालदरबार काठमाडौं, लगनखेल ललितपुर तथा चिप्लेढुंगा पोखरा शाखाबाट पनि आवेदन दिन सक्नेछन् । नेपाल इन्सुरेन्सको कमलादी कार्यालय सहित सम्पूर्ण शाखा एवं आस्वाबाट पनि हकप्रद भर्न पाइने छ ।
हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ छ । हकप्रदपछि पुँजी ६० करोड ३९ लाख ७७ हजार २२० रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्