×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्ट्रलले संस्थापक सेयर पुनः लिलामी गर्दै, क-कसले पाइन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेन्ट्रलले संस्थापक सेयर पुनः लिलामी गर्दै, क-कसले पाइन्छ भर्न ?

७ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जेठ १४ गतेदेखि सेन्ट्रल फाइनान्सले ९ लाख ८१ हजार ७०८.७२५ कित्ता संस्थापक सेयर पुनः लिलामी गर्ने भएको छ । कम्पनीले यसअघि पनि सोही संख्यामा संस्थापक सेयर लिलामीमा ल्याएको थियो । तर त्यसबेला कोही पनि संस्थापकबाट आवेदन नपरेपछि सर्वसाधारणले पनि भर्न पाउने गरी फेरि लिलामी गर्न लागेको हो । अहिलेको यो लिलामिमा सर्वसाधारणले पनि सेयर भर्न पाउने छन् ।
यसमा जेठ २१ गतेसम्म आवेदन दिन सकिनेछ । प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लिलामीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ । यसैगरी, सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यलय कुपण्डोल ललितपुर तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि आवेदन दिन पाइन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी