×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ईटहरीमा टाटा मोटर्स कार मेला Season 3 सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ईटहरीमा टाटा मोटर्स कार मेला Season 3 सुरु

६ जेष्ठ २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का लागि आधिकारिक वितरक ग्लोबल अटो ट्रेडर्सको संयुक्त सहकार्यमा वार्षिक रुपमा आयोजना हुँदै आइरहेको टाटा मोटर्स कार मेला Season 3 ईटहरीको ओसन पार्कमा सुरु भएको छ । 
उक्त मेला २०१८ मे १८, १९ र २० तारिखमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ । आफ्नो वर्गको अन्य कार्यक्रमहरुमध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस कार मेलाले हरेक वर्ष ग्राहक तथा दर्शकहरुबाट धेरैभन्दा धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेको छ । वार्षिक रुपमा आयोजना गरिने हुनाले ग्राहकहरु यो मेलाको पर्खाइमा रहेर आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्ने गर्दछन् । 
यस वर्ष टाटा कार मेलाका मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, वाटर स्लाइड, स्विमिङ्ग पुल, रेन डान्स, वेभ पुल, नेल आर्ट, फेस पेन्टिङ्ग, फोटोसुट, फुड स्टल लगायत विभिन्न साङ्गितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् । 
साथै उक्त मेलामा टाटा मोटर्सद्वारा नयाँ पुस्तालाई लक्षित गरी तयार गरिएको टाटा मोटर्स कारको बृहत प्रदर्शनी तथा टेस्ट ड्राइभ गर्न सकिने कुरा कम्पनीले जानकारी गराएको छ ।  
विशेष गरि कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको उक्त कार मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी