×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाखा विस्तारमा आक्रामक बन्दै एनआईसी एशिया बैंक, २७ स्थानीय तहहरुमा नयाँ शाखा सञ्चालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शाखा विस्तारमा आक्रामक बन्दै एनआईसी एशिया बैंक, २७ स्थानीय तहहरुमा नयाँ शाखा सञ्चालनमा

३ जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआईसी एसिया बैंकले कुनैपनि बाणिज्य बैंकको सेवा नपुगेका २७ स्थानीय तहहरुमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।
राज्यको पुर्नसंरचनासँगै सम्पुर्ण स्थानीय तहहरुमा वाणिज्य बैंकको शाखा सञ्जाल मार्फत उपस्थिति सुनिश्चित गर्ने नेपाल सरकारको नीति बमोजिम नेपाल राष्ट्र बैंकसँग यस बैंकले प्रतिबद्धता जनाएको ३४ वटा स्थानीय निकायहरुमध्ये २७ स्थानमा सेवा सुरु भएको हो ।
दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा समेत आफ्नो पहुँच अभिबृद्धि गर्दै सम्पुर्ण तह तप्काका सर्वसाधारणको बैंकको रुपमा आफ्नो पहिचान बनाईरहेको ग्राहकहरुलाई उच्चस्तरीय सेवा दिंदै आईरहेको बैंकले जनाएको छ ।
बैंकको हालसम्म २१० वटा शाखा कार्यालय, २०३ एटिएम, ६ वटा एक्स्टेन्सन काउण्टर, ६ वटा शाखारहित बैंकिङ्ग एवं ५५०० भन्दा बढि रेमिटेन्स पे आउट एजेन्ट सहित मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको रुपमा स्थापित भैसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी