Skip to content
LAXMI SUNRISE BANK

छोरा १० कक्षा फेलः बुवाले दिए भव्य पार्टी, कारण सुन्नु भयो भने तपाईंको मन दुख्नेछ…!

अर्थ सरोकार

टाइम्स न्यूज नेटवर्क
भारतको मध्यप्रदेशको सागर नामको एक गाउँका मानिस त्यतिबेला चकित परे जब एक व्यक्तिले छोरा १० कक्षा फेल भएको उपलक्ष्यमा भव्य पार्टीको आयोजना गरे ।
ठेकेदार सुरेन्द्र कुमार व्यासले गाउँभरीका मानिसहरुलाई विभिन्न प्रकारको मिठाई बाँडे ।
सागरस्थित शिवाजी वार्डमा बस्ने सिभिल कन्ट्र्याक्टर सुरेन्द्र कुमार व्यासले अचानक पार्टीको आयोजना गर्दा मानिसहरुबीच उत्सुकता जाग्यो । भोज, मिठाई र पटाकाले पूरा इलाका गुञ्जायमान भयो । जब मानिसहरुलाई पार्टीको कारण थाहा भयो तब उनीहरु अचम्ममा परे ।
सुरेन्द्र व्यासले आफूले छोरालाई प्रोत्साहित गर्नका लागि यसो गरेको बताए । उनले भने, ‘यो पार्टीको उद्देश्य छोरालाई प्रोत्साहन गर्नु हो । परीक्षामा फेल भएपछि धेरैजसो डिप्रेशनमा जान्छन् र कतिले त आफ्नो जीवन नै अन्त्य गर्छन् । म यस्ता बच्चालाई बताउन चाहन्छु कि बोर्डको परीक्षा जीवनको अन्तिम परीक्षा होइन । जीवनमा अवसरका विभिन्न ढोका खोलिरहन्छन् । मेरो छोरा यदि फेल भएको छ भने उसले अर्को वर्ष पुनः परीक्षा दिन सक्छ । ’
बुवाको यस्तो निर्णयमा छोरा आशु दंग छन् । उनी भन्छन्, ‘म बुवाको यो निर्णयको तारिफ गर्छु । म अबदेखि राम्रोसँग पढ्छु र अर्को वर्ष राम्रो अंकसहित परीक्षामा पास हुन्छन् । ’ 
उक्त पार्टीमा आफ्ना थुप्रै साथी र आफन्तको उपस्थिती रहेको उनले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK