×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भार्गव विकास बैंकको सेयर लिलामी आउँदै, यी ठाउँबाट आवेदन दिन पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भार्गव विकास बैंकको सेयर लिलामी आउँदै, यी ठाउँबाट आवेदन दिन पाइने

१ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जेठ ३ गतेदेखि भार्गव विकास बैंकको सेयर लिलामीमा आउने भएको छ । बैंकले संंस्थापक समूहको ६ लाख ६७ हजार ७०६ कित्ता र सर्वसाधारण समूहको ८५ हजार ६६४ कित्ता गरी जम्मा ७ लाख ५३ हजार ३७० कित्ता सेयर लिलामीमा बेच्न लागेको हो ।  जेठ १० गते भित्रसम्ममा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा भार्गव विकास बैंको प्रधान कार्यालय नेपालगञ्जबाट पनि आवेदन दिन सकिनेछ । त्यस्तै, एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत र धनगढी शाखाबाट पनि लिलामी भर्न सकिनेछ । न्यूनतम १०० कित्ता वा १० अंकले भाग जाने संख्यामा आवेदन दिन पाइनेछ । हाल भार्गवको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि पुँजी ४७ करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी