×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसद हरिशरण लामिछानेको निधन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सांसद हरिशरण लामिछानेको निधन

Artha Sarokar

३१ बैशाख २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – प्रदेश नं ३ का प्रदेशसभा सांसद हरिशरण लामिछानेको निधन भएको छ । काठमाडौँ मेडिकल कजेजमा उपचाररत उनको सोमबार दिउँसो १ बजे उपचारको क्रममा निधन भएको नेकपा एमाले भक्तपुरका इन्चार्ज सोमनाथ मिश्रले जानकारी दिए ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तयारी भइरहेको पनि उनले बताए । रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ घर फर्किका उनलाई मष्तिस्काघात भएको थियो । चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई अचानक मस्तिष्काघात भएपछि अस्पताल भर्ना गरिएको थियो ।
उनी नेकपा एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । आजै प्रधानमन्त्री केपी शर्मा ओली उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी