
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गुराँस लाइफ इन्सुरेन्स कम्पनीले ४ करोड १ लाख २४ हजार ८५३ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ३९.११% ले धेरै हो । गत वर्षको यसै अवधिमा कम्पनीले २ करोड ८८ लाख ४२ हजार ५८ रुपैयाँ कमाएको थियो ।
यस्तै, कम्पनीले कुल ५ अर्ब ३० करोड ३२ लाख ८२ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्ष ३ अर्ब ८९ करोड ४२ लाख ३९ हजार रुपैयाँ रहेको थियो । गुराँसले ४१ करोड ९५ लाख ५६ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम ६२ लाख ५८ हजार रुपैयाँ रहेको छ ।
जीवन बिमा कोषको आकार पनि बढाएर ३ अर्ब ८६ करोड २९ लाख ४८ हजार ८३ रुपैयाँ पुर्याउन कम्पनी सफल भएको छ । गत वर्ष यसमा २ अर्ब ७७ करोड ४१ लाख ४० हजार ८८४ रुपैयाँ थियो । यस्तै, महाविपत्ति जगेडा कोषमा २ करोड ५९ लाख ८४ हजार ८३७ रुपैयाँ राखेको छ ।
कम्पनीको चुक्ता पुँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ७८ लाख १५ हजार ८५ रुपैयाँ रहेको छ । गत वर्षको यही अवधिमा चुक्ता पुँजी ५५ करोड रुपैयाँ थियो । गुराँसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ३६ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्