×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार प्रभाव : नियम विपरित पदमा बसेका माउन्ट मकालुका अयोग्य सञ्चालक तिवारीले दिए राजीनामा !

PRIME CA

अर्थ सरोकार समाचार प्रभाव : नियम विपरित पदमा बसेका माउन्ट मकालुका अयोग्य सञ्चालक तिवारीले दिए राजीनामा !

अर्थ सरोकार

२६ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – प्रदेश सांसद भएपछि बैंकको सञ्चालक समितिमा बस्न नपाइने नियम भएपनि माउन्ट मकालु डेभलोपमेन्ट बैंकको सञ्चालक समितिमा बसिरहेका लछुमन तिवारीले राजीनामा दिएका छन् । सञ्चालक बन्न न्यूनतम स्नातक पास गरेको हुनुपर्ने भएपनि एसएलसी मात्र पास गरेका तिवारीले अन्तत: बैंकबाट राजीनामा दिइसकेको बैंकका सीइओ कुमार खड्काले अर्थ सरोकार डटकमलाई जानकारी दिएका छन् । अर्थ सरोकार डटकमले माउन्ट मकालुमा लछुमन तिवारी नाम गरेका सञ्चालक गैरकानुनी रुपमा पदमा बसेको खबर सार्वजनिक गरेको थियो ।    
अहिले वेव साइटबाट पनि सञ्चालकको नाममा उनको नाम हटाइसकिएको छ । ‘वेव साइट अपडेट गर्न केहि ढिलो भयो । राष्ट्र बैंकको नियम अनुसार सञ्चालक पदमा बस्न नपाउने भएपछी   उहाँले राजीनामा दिनु भएको छ र उक्त राजीनामा स्वीकृति भइसकेको छ ।’ बैंकका सीइओ खड्काले अर्थ सरोकार डटकमसँग भने ।
अर्थ सरोकार डटकमले बैंकका सञ्चालक तिवारीबारे लेखेको समाचार यस्ता थिए :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: