
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सूर्योदय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २९.४८ % घटेर १ करोड ४४ लाख रुपैयाँ मात्र कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले २ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद व्याज आम्दानी १७.३०% ले घटेर ४ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३१.२५% ले घटेर २ करोड २७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खुद व्याज आम्दानी र संचालन नाफा घटेको हुँदा खुद नाफा पनि घटेको हो ।
४ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको सूर्योदय लघुवित्तले जगेडाकोषमा ४ करोड ७८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३५ करोड ६६ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा ७८ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा ३०% ले वृद्धि गरेको हो । जसले प्रोभिजनमा ४९ लाख रुपैयाँ राखेको छ ।
सूर्योदय लघुवित्तको पूँजीकोष अनुपात ११.५१%, निष्कृय कर्जा १.१७%, प्रतिशेयर आम्दानी वार्षिक ४०.५५ रुपैयाँ, मुल्य आम्दानी अनुपात ३१.१७ गुणा, प्रतिशेयर नेटवर्थ २००.४७ रुपैयाँ र तरलता अनुपात १४.८०% रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्