
काठमाडौँ – यातायातमा हड्ताल गरेको आरोपमा पक्राउ परेका यातायात व्यवसायीहरु सिण्डिकेट नमान्ने कागज गरेपछि रिहा हुन थालेका छन् । विभिन्न जिल्लामा पक्राउ परेका यातायात व्यवसायीहरु प्रहरी कार्यालयमा कागज गरेर रिहा भएका हुन् ।
उनीहरुले सिण्डिकेट नमान्ने, सवारी साधन कम्पनीमा दर्ता गर्ने, यातायात चलाउने र सरकारलाई सहयोग गर्ने शर्तसहितको कागजमा हस्ताक्षर गरेर रिहा भएका छन् । काठमाण्डुमा पक्राउ परेका ६ जना यातायात व्यवसायी भने रिहा भएका छैनन् । उनीहरुले अहिलेसम्म कागज गर्न नमानेकाले रिहा नभएका हुन् ।
‘उहाँहरुसँग छलफल भइरहेको छ, कागज गर्ने प्रक्रियामा नै हुनुहुन्छ’ महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । काठमाण्डुबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, महासचिव सरोज सिटौलालगायत पदाधिकारीहरु पक्राउ परेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्